कपिलवस्तुमा पर्यटन उद्योग

नारद कोहार

कपिलवस्तुको आर्थिक विकासका लागि पर्यटन उद्योगको महत्वपूर्ण भुमिका रहेको छ । जिल्लामा एक सय भन्दा बढी ऐतिहासिक एवं पुरातात्विक स्थलहरु रहेका छन् । यसका संरक्षण एवं सम्र्बद्धन गर्न सके कपिलवस्तुको आर्थिक विकासमा ठुलो टेवा पुग्नेछ ।भगवान गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोट यही जिल्लामा पर्दछ । त्यस्तै यही जिल्लामा २ वटा बुद्ध जन्मेको ठाउँहरु पनि छन् । शाक्यमुनी बुद्ध भन्दा पहिले कपिलवस्तु राज्यमा कनकमुनी बुद्ध र क्रकुद्धन्द बुद्ध जन्म भएको उल्लेख गरेका छन् ।

कपिलवस्तु जिल्लाको गोटिहवामा क्रकुछन्द बुद्ध र जिल्लाकै निग्लिहवामा कनकमुनि बुद्धको जन्म स्थलको स्मरण गर्दै सम्राट अशोकले ईशापूर्व २४९ मा दुईवटा ढुंगाको छुट्टा छुट्टै स्तम्भहरु निर्माण गरेको थिए ।कपिलवस्तुमा एउटा महत्वपूर्ण पर्यटकीय स्थल जगदीशपुर पनि यही नै पर्दछ । यी लगायत जिल्लामा सयौं महत्वपूर्ण पर्यटकीय स्थलहरु रहेका छन् । यी सबै पुरातात्विक तथा प्राकृतिक सम्पदाको विकास गर्न सक्यौं भने प्रदेश नम्बर ५ का लागि आर्थिक समृद्धि गर्न महत्वपूर्ण योगदान पुग्नेछ ।पुर्व पश्चिम राजमार्गको दक्षिणमा तिलौराकोट २१ किलोमिटर र बुद्ध जन्मस्थल लुम्बिनी देखि २७ किलोमिटर पश्चिममा रहेको छ । प्राचीन कपिलवस्तु राज्यको राजा शुद्धोधनको राजदरबार रहेको स्थान तिलौराकोट भएको पुरातात्विक अध्ययन, अनुसन्धान र उत्खनन्बाट प्राप्त प्रमाणका आधारमा यसलाई विश्व सम्पदा सूचीमा सरकारले राख्न प्रस्ताव गरिने भएको छ । तर विडम्बना छ कपिलवस्तुको लागि यस क्षेत्रको विकास अहिले सम्म हुन सकेको छैन् । सरकारले यस तिलौराकोट दरबार क्षेत्र वरिपरी जग्गा अधिग्रहण गर्न प्रक्रिया अगाडी बढाएको छ । यसको विकास गर्न सकियो भने कपिलवस्तु लगायत संघ प्रदेशको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पूग्नेछ । यसको नजिकै कपिलवस्तु संग्राहलय पनि रहेको छ ।

तिलौराकोट आउने पर्यटक अधिकांश त्यहाँ पुग्न पनि सक्दैनन् । कारण हो त्यसको पर्याप्त मात्रामा प्रचारप्रचार हुन नसकेकोले ओझेलमा पर्दै आएको छ । त्यहाँ खास गरी बुद्धसंग सम्बन्धित पुरातात्विक र ऐतिहासिक वस्तु संग्रहित छन । संग्रहालयमा भगवान गौतमबुद्ध, उनका पिता र अन्य ऐतिहासिक तथा सांस्कृतिक महत्वका वस्तु संग्रहित छन् । संग्रहालयमा माटाका भाडाकुडा, पालिस गरिएका ग्रे बेयर, एबीपी रेड बेयर, पंचमार्क चाँदीका सिक्का र विभिन्न आगनिय पत्थर रहेका छन् । त्यस्तै विष्णु, शिव, पार्वती, सुर्य वराहाका विभिन्न देव मुर्तीहरु, बाह्मी लिपीयुक्त विभिन्न आकृतिका मानव मुर्ती लगायत मुद्राशील, गहना र हातहतियार संग्रहित छन् । राजा शुद्धोधनको राजप्रसाद तथा बुद्धले २९ वर्षको युवा अवस्था विताएको तिलौराकोट, धर्मनिहवा स्तुप, कुदान, अरौराकोट, सिसहनीया लगायतका ठाउँमा उत्खनन गर्दा पाइएका पुरातात्विक वस्तुहरु संग्रहालयमा संग्रहित छन् ।त्यस्तै एउटा महत्वपूर्ण पर्यटकीय स्थल जगदिशपुर ताल पनि छ । जिल्लाको जगदिशपुर ताल विश्व सिमसार क्षेत्रमा सूचीकृत ताल हो । यो ताल मानवनिर्मित ताल हो । १ सय ५७ हेक्टर क्षेत्रफलमा पैmलिएको कपिलवस्तुको जगदीशपुर ताल एशियाकै मानवनिर्मित कृत्रिममध्येको दोस्रो ठूलो ताल हो । पर्यटकीय महत्व बोकेको तालमा हिउँदमा साइबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एशियाका देशबाट समेत चराचुरुङ्गी हरेक वर्ष घुम्न आउने जाने गरेका छन् ।

किसानलाई सिंचाई सुविधा समेत दिदै आएको जगदिशपुर ताललाई आगामी दिनमा थप व्यवस्थित गर्न सके पर्यटन विकासका अतिरिक्त स्थानीयस्तरमा विकास र रोजगारीको प्रचुर सम्भावना रहेको छ । दुर्लभ पन्क्षी तथा जलचरहरुको बासस्थान रहेको तालको संरक्षण कार्यलाई निरन्तरता दिन पछिल्लो समय जगदीशपुर जलाशय बहुसरोकार मञ्च गठन गरी काम अगाडी बढाइए पछि यसको थप महत्व बढ्दै गएको छ । तर पर्यटकको बसाइका लागि यहाँ पर्याप्त भौतिक पूर्वाधार होटलहरुको निर्माण गर्न सक्यो भने आर्थिक विकासका लागि ठुलो टेवा पुग्ने देखिएको छ ।यी लगायतका जिल्लामा ऐतिहासिक, पुरातात्विक सम्पदाहरु रहेका छन् । जिल्लामा निगालीकोट, कुदान, गोटीहवा, अरौराकोट, सिसाहनियाकोट, लम्बुसागर, दोहनीकोट, सोनवागढ, गोटिहवा लगायतका एक सय भन्दा बढी पर्यटकीय स्थलहरु रहेका छन् । आर्थिक विकास, सामाजिक एकीकरण र आबद्धताको माध्यम पर्यटन हो । विभिन्न अध्ययनले आर्थिक वृद्धि र पर्यटन उद्योग बीचमा सकारात्मक सहसम्बन्ध रहेको देखाएको सन्दर्भमा नेपालले पनि यस उद्योगको विकास र विस्तार गरी आर्थिक वृद्धि बढाउनुपर्ने देखिन्छ । कुल वैदेशिक व्यापारमा सेवा व्यापारको योगदान ५२ प्रतिशत रहेको परिप्रेक्ष्यमा पर्यटन उद्योगको हिस्सा ठूलो रहेको देखिन्छ ।

यहाँ रहेको ऐतिहासिक पुरातात्विक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा नै पर्यटन विकासका प्रमुख आधार हुन् । तर, यस क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेको छैन, जसका कारणले यो क्षेत्रबाट आशातीत रूपमा उपलब्धि हासिल भएको छैन । यसमा रु. १ खर्च गरेर रु. ६० सम्म आम्दानी गर्न सकिने सम्भावना छ । नेपालमा आउने पर्यटकको बसाइ औसत १२.५७ दिन बस्ने र प्रतिदिन प्रतिव्यक्ति ४२.८ अमेरिकी डलर खर्च गर्ने गरिरहेको छ । छिमेकी मुलुक भुटानमा प्रतिदिन प्रतिपर्यटक २ सय अमेरिकी डलर खर्च छ । त्यसमा पनि धार्मिक पर्यटकहरू करिब ४० प्रतिशत रहेको र अधिकांश भारतीय नै हुने गरेकाले पर्यटक खर्च कम भएको हो । नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न तथा विश्वमा चिनाउनका लागि विविध प्रकारका प्रयास नभएको होइन । नेपालको संविधान, बहुवर्षीय योजनाहरू, पर्यटन नीति, वार्षिक बजेट र लुम्बिनी भ्रमण वर्ष–२०२० ले समेत आन्तरिक पर्यटन र ग्रामीण पर्यटनको विकासमा जोड दिएको छ । पर्यटन पूर्वाधारहरू होटल, रिसोर्ट, मनोरञ्जनपूर्ण खेल जस्ता क्षेत्रको विकास पर्याप्त मात्रामा हुन नसक्नु, पर्यटन क्षेत्रको विकास र विस्तार गर्न गुरुयोजना नहुनु, धार्मिक एवं पर्यटकीय स्थलहरूको पर्याप्त मात्रामा बजारीकरण नहुँदा पर्यटनले अपेक्षित गति लिन नसकेको हो ।

पर्यटन क्षेत्रका साझेदार एवं लगानीकर्ताहरू पर्यटन विकास भन्दा प्रवद्र्धनात्मक कार्यमा संलग्न हुँदा यस क्षेत्रको विकास हुन सकेन, स्थानीय निकायको संलग्नतामा पर्यटन सम्बन्धि नीति तय गर्न नसक्दा स्थानीय निकायले पर्यटन सम्बन्धि नीतिमा अपनत्व लिएनन् र प्रभावकारिता माथि प्रश्न उठ्दै आएका छन् । पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न निकायहरू सडक, विद्युत, सञ्चार, खानेपानीसंग समन्वयात्मक रूपमा क्रियाकलाप सञ्चालन हुन सकेन र नेपालमा आर्थिक स्वतन्त्रताको अवस्था सन्तोषजनक छैन । प्रदेश सरकारले २०७६ लाई “बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं” भन्ने नाराका साथ लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ, तर पनि यस क्षेत्रका उद्योगको विकास र विस्तार गर्न यहाँ रहेका समस्याहरूको समाधान गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ ।

नयाँ पर्यटकीय गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधीकरण गर्नुपर्छ । पर्यटकीय पूर्वाधारको विकास गर्न सके यस क्षेत्रमा लगानी बढाउँछ । पर्यटन उद्योगलाई ग्रामीण तह सम्म विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रवद्र्धन मार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गरिनुपर्छ । पर्यटकीय सेवा तथा सुविधाहरूको विकास, विस्तार एवं विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन र पर्यटन विकास गर्न निजी क्षेत्रसंग सहकार्य गर्दै पर्यापर्यटनमा जोड दिनुपर्छ । नयाँ पर्यटकीय गन्तव्यस्थलहरूको एकीकृत र समन्वयात्मक रूपमा पूर्वाधारको विकास गर्नुपर्छ । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्न सकिन्छ । राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय रूपमा पर्यटन प्रवद्र्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्नुपर्छ ।
पर्यटकीय सेवा तथा सुविधाहरूको विकास, विस्तार एवं विविधीकरण गरिनुपर्छ ।

पर्यटन प्रवद्र्धन गर्न छिमेकी देशहरू चीन तथा भारतलाई केन्द्रित गरी व्यापक रूपमा प्रचारप्रसार गर्नु आवश्यक छ । पर्यटकहरूलाई उपलब्ध गराइने सेवासुविधाको गुणस्तरको सुनिश्चितता गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्नुपर्छ । पर्यटन उद्योगको विकास पर्याप्त मात्रामा गर्न सके कपिलवस्तु लगायत नेपालकै आर्थिक क्रियाकलाप बढ्न गई विकासको गतिविधिमा समेत बढोत्तरी हुन जान्छ । यसका लागि संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, तथा गैरसरकारी क्षेत्र समेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ । यसो हुन सकेको खण्डमा कपिलवस्तु विश्वमै आकर्षक पर्यटकीय स्थलका रूपमा विकास हुन जाने र जनताको जीवनस्तरमा समेत सुधार हुन जान्छ । यसका साथै यहाँ रहेका सम्पदाहरूको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गरी पर्यटक आगमन, पर्यटक बसाई र खर्चमा वृद्धि गराई विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरको सिर्जनाबाट पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा योगदान पुग्न जान्छ । तर, त्यसका लागि यहाँ छरिएर रहेका ऐतिहासिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण र संवद्र्धनमा स्थानीय तह, समुदाय तथा निजी क्षेत्र समेतको सहभागिता आवश्यक पर्छ । साथै, पर्यटन क्षेत्रको विकास गरी प्राप्त प्रतिफललाई न्यायोचित तरिकाले वितरण गर्न संयन्त्र बनाएर कार्यान्वयन समेत गर्नुपर्ने दुखिन्छ ।
यसका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा पूर्वाधारहरूको विकास गरी कनेक्टिभिटी बढाउनुपर्छ । यसका अतिरिक्त आन्तरिक पर्यटनले अहिले पनि कुल पर्यटन उद्योगको ८० देखि ८२ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कार्यमा समेत लाग्नुपर्ने देखिन्छ । तर यसका लागि सरोकारवालाहरूमा विद्यमान नीतिको कार्यान्वयनप्रति इमानदारीको खाँचो देखिन्छ । यहाँस्थित बुद्ध सम्पदाहरुको विकासका लागि बुद्ध परिपथ पनि निर्माण भइरहेको छ । तर यहाँ रहेको सम्पदाहरुको विकास तीव्र हुन सके मात्र जिल्लाको समृद्धि हुने सम्भावना धेरै रहेको छ । यी स्थलहरुको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको विशेष चासो हुन जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *