इन्टरनेटको विकासको संक्षिप्त जानकारी

Writer: लोेकप्रसाद भुसाल  email: lokpd25@gmail.com

इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ ।सारा विश्व इन्टरनेटको माध्यमबाट एकआपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न हुने खालको बनाएको छ । सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो ।

ठुलठूला व्यापार तथा कार्य सञ्चालन इन्टरनेट अवरोध internet Outage भएको बेला ठप्प भइदिन्छन । मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ । आज हामी जता हेर्छौं उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पनि घरायसी प्रयोजनमा बढी भएको देखिन्छ । वैदेशिक रोजगारमा भएका तथा विद्यार्थीहरुलाई यसको महत्व बढी छ । वैदेशिक रोजगारमा जानेहरुको परिवारको लागि यो प्रविधि वरदान नै सावित भएको छ ।प्र्रत्यक्ष देखेर आपmना भावनाहरु साटासाट गर्न सकिने भएको हँदा यो प्रविधिमा व्यवसाय गर्ने तथा करियर बनाउनेहरु उल्लेख्य रुपमा छन् ।

इन्टरनेटको विकास अमेरिकी रक्षा विभागले सूचना आदानप्रदान गर्ने सन्दर्भबाट विकसित हुंदै गएको पाइन्छ । यो सूचना प्रणालीको विकास शीतयुद्धको दौरान भएको हो । तत्कालीन सोभियत संघ रुसले सन १९५७ मा अन्तरिक्षमा स्पुतनिक नामक Satellite स्थापित गरेको थियो  र यसरी रुसले कुनै पनि बेला USA को तार तथा टेलिफोन प्रणाली Telegraph and Telephone System ध्वस्त गर्न सक्ने सम्भावित चुनौतिलाई देखेर अमेरिकी रक्षा विभागले DARPA नामक Project खडा गरयो । पछि यसैलाई अझ परिष्कृत तथा व्यवस्थित बनाउनका लागि ARPAnet (Advance Research Project Agenda) नामक एउटा नेटवर्क स्थापित ग¥यो । यसको निर्देशन रोर्बट टेलर तथा व्यवस्थापन लारेन्स रोर्बटले गरेका थिए । यिनीहरुले अमेरिका, बेलायत तथा फ्रान्समा भएका सुचना प्रयोजनका निम्ति राखिएका कम्प्युटरहरुलाई एउटै सञ्जाल Network मा ल्याएर आफनो सुरक्षित सुचना संयत्र बनाउन सफल भएका थिए । पछि यो Project विस्तारै सञ्चारमाध्यम Communication Channel मा परिवर्तित भयो ।

इन्टरनेटको प्रथम सुरुवात सन् १९७० मा VintonBob Kanh बाट भएको हो । त्यसैले यिनीहरुलाई नै इन्टरनेटका पिता भनिन्छ । १९६० देखि ७० सम्मको दशकमा धेरै शोधकार्य भए । यसमा मुख्य योगदान NPL network, ARPAnet, Merit Network, CYCLADES हरुकोे छ । १९७६ मा Ethernet को विकास भयो, यसरी प्याकेट स्वीचिंग Packet Switching लगायत थुप्रै किसिमका प्रोटोकलहरु Communication Protocol को विकाससंगै विकसित इन्टरनेटको आधारशिला खडा भएको हो । १९८० मा National Science Foundation ले केही हाई स्पीड कम्प्युटरहरुलाई जोडेर एउटा नेटवर्क Nsfnet तैयार ग¥¥यो । यसैले Internet को विकासका लागि मजबूत आधारशीला तैयार गरयो । १९८० को फेब्रुअरी १मा तत्कालीन इलेक्ट्रिक तथा इलेट्रोनिक्स इञ्जिनियरहरुको संस्था IEEE ले पोर्ट बेस नेटवर्क एक्सेस कन्ट्रोल PNAC बनाएर इन्टरनेटको आयामलाई झनै फराकिलो बनाएको थियो ।

यही वर्ष बिल गेट्सले आफनो अपरेटिंग सिस्टम IBM कम्प्युटरको सुरुवात गरे । १९८४मा यस नेटवर्कमा हजार भन्दा बढी निजी कम्प्युटर जोडिए त्यस पछि यसको संजाल द्रुतगतिमा बढ्यो । आज यसमा अनगिन्ती कम्प्युटरहरु जोडिएका छन् । १९८९ मा इन्टरनेट पब्लिकको लागि खुला गरेपछि यसको प्रयोग वृहद स्तरमा कम्युनिकेशन तथा रिसर्च उपर हुन थाल्यो । १९९०मा वल्र्ड वाईड वेब WWW को खोजले यसमा नयाँ क्रान्ति तथा दिशा प्रदान ग¥यो । स्विजरल्यान्डमा शोधकर्म गरिरहेका टिम बर्नर लि ले एउटै सञ्जालमा रहेका सामाग्रीहरुलाई विशिष्ट लिंकमार्फत जोडने महत्वपूर्ण काम गरे । सरल भाषामा भन्दा कुनै ब्राउजर जस्तै गुगल क्रोममा यदि हामी www.facebook.com टाइप गर्छौं र एवमवृतले त्यसको लिंकमा अरु हुन सक्छ, यसप्रकारको शोध तथा अन्वेषणलाइ मmनै ठूलो फडको मानिएको छ । अझ १९९० मा ARPnet र १९९५ मा NSFnet को विघटनले व्यवसायिक इन्टरनेट प्रयोगको लागि प्रशस्त मार्ग खुलेको बुझिन्छ । ९० को दशकको मध्यसम्म आइपुग्दा सामाजिक, सांस्कृतिक तथा प्रविधिको क्षेत्रमा इन्टरनेटको विकासले ठूलो क्रान्तिकारी परिवर्तन ल्यायो र दोस्रो शताब्दीको प्रारम्भिक वर्षहरुमै अकल्पनीय तथा असोचनीय परिवर्तनहरु देखा परे ।

यसोपरान्त इमेल,instant messaging, voice over internet protocol (VOIP) telephone calls, (Two-Way interactive video calls) तथा WWW माध्यमबाट सामाजिक सञ्जाल, अनलाइन खरीदविक्री, विभिन्न किसिमका ब्लग र शिक्षा शोध तथा राजनीतिक बहसका निम्ति साइटहरुको विकासले विश्व समुदायलाई एकै ठाउमा ल्याइदिएको छ । जसलाई हामि सुचना भुमण्डलीकरण Communication Globalization पनि भन्न सक्छौं ।सन् २००४ मा फेसबुक एप्लिकेसनले इन्टरनेटको आवश्यकता र महत्व सर्वसाधारणलाई समेत गरायो । युटुबको विकासले मनोरञ्जनको नयाँ आयामलाई विकसित गरायो भने Google, yahoo जस्ता सर्च इञ्जनले शिक्षा तथा शोधकर्मलाई सजिलो बनायो । समग्रमा हामी सामाजिक सञ्जाल भन्ने गर्दछौं ।Facebook, instagram, imo, viber, tiktok, youtube लगायत सामाजिक महत्वका एप्लिकेसनहरुको विकासले इन्टरनेटको पहँच सर्वसाधारणसम्म पुग्न सहज, सफल तथा आवश्यक हुन पुग्यो । इन्टरनेटले कयौं अवस्थामा सामाजिक तथा राजनीतिक परिर्वतनमा समेतमा भूमिका खेलेको पाइन्छ । लण्डनको वाल स्ट्रीट आन्दोलन तथा त्यसको अन्तर्राष्ट्रियकरण हुनुमा सामाजिक सञ्जालको ठूलो भूमिका थियो । हाम्रो देशको सन्दर्शमा निर्मला हत्याकाण्डका विरुद्ध Facebook तथा Youtubeले वृहद Campaign गरेर जनचेतना फैलाउने काम गरेको छ । जनतामाझ आफनो सम्बन्ध सुदृढ राखिरहन कैयौं नेताहरुले आधिकारिक वेब पेज बनाएर भावना तथा विचार व्यक्त गरिरहेको पनि देख्न सक्छौं ।

नेपालमा इन्टरनेट भित्र्याउने श्रेय मर्कन्टायल अफिस सिस्टमसलाई जान्छ । जसले मर्कन्टायल कम्यूनिकेसन प्रा.लि.को नामबाट सुरु ग¥यो । १९९३ मा सर्वप्रथम एक वर्ष फ्रि सर्विस दिएर टेस्ट प्रयोग गरेको थियोे । यसको उद्देश्य सर्वसाधारणलाई इन्टरनेटको महत्वबोध गराउनु थियो । त्यतिबेला घरमा इन्टरनेट चलाउनु ठूलै प्रतिष्ठाको विषय हुन्थ्यो, किनभने यसमा सबैको पहुंच थिएन । सुरुवाती चरणमा अहिलेको जस्तो DSL,ADSL,FTTH अथवा मोबाइल GPRS,3G,4G  भन्ने नै थिएन । मात्र Dial-up सेवा थियो जुन एकदमै कम गतिको सेवा थियो । नेपालमा Dial-up सेवा मार्फत 9.6 kbps को इन्टरनेटको सेवा सुरु भएको हो । जुन इमेल आदानप्रदानको लागि मात्र हुन्थ्यो । सुरुमा MOS ले नयां दिल्लीमा एउटा इमेल सर्भर mosnet.ernet.in को नामबाट होस्ट गरेको थियो जहाँ सबै इमेलहरु जम्मा हुने गर्दथे र दिनमा दुई पटक ISD Call को माध्यमबाट Dial-up को प्रयोग गरेर डाउनलोड गरी नेपाल भित्र्याउँथ्यो । पछि ंिसंगापुरको सिंगटेल singtel बाट 4.8 kbps को lease line लिएपछि इन्टरनेटकोे सञ्जाल संग हामीहरु परिचित हुन पुग्यौं । लगत्तै अर्को VSNL को लाइन मुम्बईबाट प्राप्त भयो र यो 64 kbps मा विस्तार भयो । यसोपरान्त इन्टरनेटको विकासक्रमले तीव्र गति लिन सुरु ग¥यो । आजका दिनसम्म आइपुग्दा नेपाल दुरसञ्चार प्राधिकरणमा दर्ता भएका इन्टरनेट सेवा प्रदायक कम्पनीहरु ११७ वटा छन २ वटा GSM celluबिच २ वटा आधारभुत दुरसञ्चार सेवाको नाममा छन भने एउटा ग्रामीण दुरसञ्चार सेवाको नाममा दर्ता रही सक्रिय कार्यरत छन । सरसर्ती अनुमान गर्दा दुई करोडको हाराहारीमा सेवाग्राही रहेको र त्यसमा २८ लाख विभिन्न ब्रोडब्यान्ड कम्पनीका सेवाग्राही छन भने डेढ करोड भन्दा बढी मोबाइल युजरहरु रहेको मान्न सकिन्छ । भ्वाइस भन्दा डाटा प्रयोगकर्ताको संख्या दिनानुदिन बढी रहेको तथ्यांक ०७५ सालको र अहिलेको प्रयोगकर्ताको संख्या हेर्दा ४३ लाख जति बढी छ । यसरी इन्टरनेटको सहज पहँच आम मानिसमा बढ्दै गएको बु∆न सकिन्छ र यसको प्रभाव समाजका विभिन्न पहलुहरुमा बढ्दै गएकोे छ । यसको आवश्यकता अझै बढदै जाने हुंदा समय परिवर्तनसंगै उच्च प्रविधिको प्रयोगकर्ता मात्रै यस क्षेत्रमा सफल हुने निश्चित देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *