वृद्धाआश्रममा नेपाली सेनाको सेवा

रुपन्देही, ६ मंसिर ।
बुटवल उपमहानगरपालिका वडा नं.२ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु वृद्धाआश्रममा नेपाली सेनाले विविध सामाजिक कार्य गरेको छ । बुटवलमा रहेको नेपाली सेनाको गरुडदल गणले विहिवार वृद्धाआश्रममा विविध सामाजिक कार्य संचालन गरेको जनाएको छ । वृद्धाआश्रममा बस्ने १० जना वृद्ध बृद्धाको नं.२२ फि.ए गुल्मका चिकित्सकद्धारा स्वास्थ्य परीक्षण गरि निःशुल्क औषधि वितरण गरिएको थियो ।
गणबाट अधिकृतको नेतृत्वमा खटिएको फौजले आश्रम वरिपरिको क्षेत्रमा, सुत्नेकोठा, लगाउने, बिच्छाउने र ओढ्ने कपडाहरु, शौचालय लगायतमा सरसफाई गरेको थियो । कार्यक्रमको नं.२२ बाहिनीका निमित्त बाहिनीपति महा सेनानी हेमकुमार गिरी र गरुडदल गणका गणपति प्रमुख सेनानी ज्योतिकुमार थापाले संयुक्त रुपमा बृद्धाआश्रमलाई चामल, दाल, तेल, चिनी, हरियो तरकारी, मसला विस्कुट लगायतका खाद्य सामाग्रीहरु प्रदान गरेका थिए ।
सो अवसरमा वउनीहरुले आश्रममा बस्ने वृद्ध वृद्धाहरुसंग अन्तरक्रिया समेत गरेका थिए । नेपाली सेनाले गरेको उक्त कार्यको वृद्धबृद्धाहरुले खुशी व्यक्त गर्दै यस्ता सामाजिक कामलाई निरन्तरता दिन आग्रहसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *