न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने प्रतिबद्धता

अनिल खत्री
गुल्मी, ६ मंसिर ।
गुल्मीमा रहेका बिभिन्न संघसंस्थाहरुलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्नेबारे पहिलोपटक छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा रहेका बिभिन्न बैंक, बित्तीय संघसंस्थाहरुको सहभागितामा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्नेबारे छलफल भएको हो । संघसंस्थाहरुको भेलामा गुल्मीका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरे÷नगरेको बारे जानकारी लिएका थिए ।
जिल्लाका संघसंस्थाहरुलाइ न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेकालाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी निरौलाले आग्रह गरेका थिए । संघसंस्थाहरुले सरकारले तोकोअनुसराको पारिश्रमिक नदिने गरेको पाइएकाले प्रशासनले न्यूनतम पारिश्रमिक अनिवार्य रुपमा कार्यान्वयन गनुपर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । संघसंस्थाहरुमा काम गर्ने कामदारले न्यूनतम मासिक १३ हजार ४५० रुपैयाँ पाउनुपर्ने व्यवस्था छ ।
दैनिक रुपमा ज्यालादारी कामदारले ५१७ रुपैयाँ र प्रतिघण्टा ६९ रुपैयाँ पाउनुपर्ने व्यवस्था छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७६ साल साउन ३१ गते सूचना जारी गरि न्यूनतम पारिश्रमिक लागु गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन आएकाले सबैले पालना गर्नुपर्ने गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । भेलामा सहभागी बिभिन्न संघसंस्थाहरुका प्रमुखहरुले न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *