ग्रिन फाउण्डेशन अफ नेपालको शुभारम्भ

भैरहवा, ६ मंसिर ।
भैरहवामा ग्रीन फाउण्डेशन अफ नेपालको शुभारम्भ भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको समूहले सामाजिक कल्याण तथा वातावरण संरक्षण सम्बन्धि कार्यक्रम गर्ने उद्देश्यले सो संस्थाको शुभारम्भ गरेको हो ।
समाजमा भएका विकृति र वातावरण प्रदूषण रोकथाम सम्वन्धि जनचेतनात्मक कार्यक्रमबाट नागरिकलाई सु–सुचित गरिने संस्थाका अध्यक्ष जैनुद्दिन देवानले बताए । उनले स्थानीय रुपमा घट्ने घटनाहरुलाई संस्थागत रुपबाट समाधान गर्नका लागि यसरी संस्थाको शुभारम्भ गरको समेत बताए ।
संस्थामा हाल ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्णादेवकुमार गुप्ता, कोषाध्यक्षमा उमेश अग्रहरी, सचिवमा सुमन गुप्ता, सह–सचिवमा प्रियंका यादव तथा सदस्यहरुमा रामऔतार यादव, कल्पना यादव, अनिता श्रीपाली, पुजा गुप्ता छन् । त्यस्तै, सल्लाहकारहरुमा राकेश कुर्मी र निशा पठान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *