आज नेपाल र नेदरल्याण्ड्स भिड्ने

गौतमबुद्ध सन्देश
भैरहवा, २० असोज ।

ओमानमा जारी पाँच देशको टी २० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आज बलियो टिम नेदरल्याण्ड्सको सामना गर्दैछ ।

ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा हङकङविरुद्ध जीत निकालेको नेपालले दोस्रो खेलमा पनि जीत हासिल गर्ने लक्ष्यकासाथ मैदानमा उत्रिँदैछ ।

जारी प्रतियोगिताको बलियो टिमका रुपमा रहेको नेदरल्याण्ड्स पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । ब्याटिङ पक्षा बलियो रहेको नेदरल्याण्ड विरुद्धको खेल नेपालका लागि सहज भने छैन ।

नेपालले नेदरल्याण्ड्स विरुद्ध अहिलेसम्म टी २० मा हराउन सकेको छैन । अन्तिम पटक यी दुई टीम टी २० मा इंग्ल्याण्डको लड्र्समा खेलेका थिए । तर सो खेल बर्षाका कारण रद्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *