इन्जिनियरहरुलाई घरजग्गा धितो मूल्यांकनसम्बन्धी तालिम

गौतमबुद्ध सन्देश
भैरहवा, १ असोज ।
रुपन्देहहीको मणिग्राममा इन्जिनियरहरुलाई घरजग्गा धितो मूल्यांकनसम्बन्धी बुधबारबाट तीन दिनको तालिम सुरु भएको छ । नेपाल भ्यालुयर्स एसोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा तालिम सुरु भएको हो । तालिममा रुपन्देही जिल्लालाई कार्यथलो बनाई घरजग्गाको धितोसम्बन्धी मूल्यांकन गर्दै आएका २२ जना इन्जिनियरको सहभागिता छ ।
तालिममा घरजग्गा नाप्ने तरिका, मूल्यांकन निकाल्ने तरिका, घरजग्गाको मूल्यांकन कति पर्छ भन्ने निकाल्ने तरिका, दररेट राख्ने तरिका, कागजात हेर्ने तरिका, धितो मूल्यांकन गरिसकेपछि कर्जा दिन मिल्नेनमिल्नेबारे तुलना गर्र्न तरिकाहरु सहभागी इन्जिनियरहरुलाई सिकाइने एसोसिएसन लुम्बिनी च्याप्टर अध्यक्ष ई.शैलेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । सहभागीहरुलाई बरिष्ठ भ्यालुयर्स तथा प्रशिक्षक ई.देवेन्द्रकुमार श्रेष्ठ, ई.सुशील अमात्य, नेपाल भ्यालुयर्स एसोसिएसन केन्द्रिय कमिटी सचिव ई.दिनेश पाठक, भ्यालुयर्स एसोसिएसन चितवन च्याप्टरका उपाध्यक्ष ई.पुरन सुवेदी, चितवन च्याप्टरकै सचिव ई.सुमन कोइरालाले सहजीकरण गरेका छन् ।
यसअघि उद्घाटन सत्र एसोसिएसन लुम्बिनी च्याप्टरका अध्यक्ष ई.श्रेष्ठको अध्यक्षता, एसोसिएसन प्रदेश पाँचका अध्यक्ष ई.कुसुमराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एसोसिएसनका केन्द्रिय उपाध्याक्ष जीवन अर्याल, लुम्बिनी च्याप्टरका सल्लाहकार दुजेन्द्र बस्नेत र टंक कँडेलको आतिथ्यता रहेको थियो । कार्यक्रम लुम्बिनी च्याप्टरका ई.यमलाल पाण्डेको संचालनमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *