महिला टी–ट्वान्टी वरियतामा नेपाल १५औं स्थानमा

काठमाडौं, ।
महिला टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तह खस्किएको हो ।
१४औं स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको छ । शीर्ष स्थानमा अष्टे«लिया छ । दोस्रोमा इंग्ल्याण्ड तथा तेस्रोमा न्युजिल्याण्ड रहँदा चौथो स्थानमा वेष्ट इण्डिज र पाँचौं स्थानमा भारत छ । पछिल्लो समय कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको महिला टोली अहिले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि प्रशिक्षणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *