भैरहवा

रुद्र ज्ञवाली

हिमशैल सुशोभित उत्तरमा
अनि शान्ति मुहान छ पश्चिममा
मुटुभित्र छ गौतम बुद्ध सदा
अति शान्त र कञ्चन भैरहवा

दिल निर्मल स्वच्छ सफा जनका
धन होस् कि नहोस् धनि छन् मनका
दुखका क्षण थाप्दछ काँध यथा
दिलको दिलदार छ भैरहवा

हरिया अति उर्वर फाँट गरा
मन हर्दछ स्वर्ग समान धरा
उचमी छ यतैतिर दुम्दुमवा
सुनकैसरि सुन्दर भैरहवा

गरि स्वागत डाक्दछ वेलहिया
मनको अति प्राञ्जल पक्लिहवा
रुपसी मनमोहक दर्खसवा
मनको मित स्वप्निल भैरहवा

छ सहिष्णु र सौम्य समाज यहाँ
यति सम्यक संगम हुन्छ कहाँ
छ पुराण कतै र नवाज अदा
जय होस् जय होस् जय भैरहवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *