अलग पात्र

किशोर सापकोटा
विवेकले ढोका खोल्यो । दीक्षा ढोका सामु देखा परी । स्किन कलरको विकिनीमा । एउटा हात अझै डोरवेल वटनमा नै अडिएको थियो । अर्को हातमा क्यामेरा ।
कहिले नजर मिले । कहिले नजर हटे । केही क्षण चुपचाप रहे । शरिर पुरै ढाक्ने कपडा लगाउने केटीलाई जीवनमा पहिलो पटक विकिनी लगाउंदा शायद संकोच भयो होला ।
होटलको कोठा सामु जवान युवती विकिनीमा हाजिर भएकी छे । विवेकलाई के गरौं, कसो गरौं भयो होला ।
भगवान कसम, विवेक त दीक्षालाई गम्लंग अंगालोमा वांध्न चाहन्थ्यो । भुल्न चाहन्थ्यो, यो दुनियाँ । तर शरिर टक्क अडियो । वोली त फुटेन ।
सर, वीचतिर डुल्न जाऊ न, दीक्षाले नै कुरा सुरु गरी ।
वल्ल विकिनीमा आउनुको अर्थ वुझ्यो । अलि सहज महसुस गर्यो ।
एक मिनेट, तयार भइहाल्छु ।
ढोका लगायो ।
केही क्षणमा नै उनीहरु सी वीचमा पुगे ।
दीक्षाले फोटोको लागि फटाफट कामुक पोजहरु दिइ । विवेकको मनमा ज्वारभाटा चले । इन्ष्टामा हाल्नुछ, राम्रो फोटो खिचिदिनु है सर, दीक्षाले समय समयमा विवेकलाई सम्झाइरही ।
विवेकले विकिनी शरिरलाई लेन्सवाट ओल्टाइपल्टाइ गरेर हेर्यो । भर्खर टीएज पार गरेकी युवतीको शरिर । जो सुकैलाई पनि काउकुति लगाउने खालको थियो ।
समुद्रको छालसंग दीक्षा जिस्कीरही । छालले विकिनीका त्रिभुजीय लफेटाहरुलाई कताकता फर्काइरहे । सकेसम्म सम्हाल्न दीक्षाले प्रयास गर्थी तर कहां सक्थी र ? जव जव विकिनीका लफेटाहरुले ठाऊ छाड्थे, विवेक अझ ध्यान दिएर हेथ्र्यो । दीक्षालाई विकिनीलाई सम्हाल्न जति गाह्रो भएको थियो त्यो भन्दा वढी गाह्रो विवेकलाई मन सम्हाल्न भएको थियो ।
ऊ घरीघरी अर्कोपटी फर्किन्थ्यो । हाफ पाइन्टको गोजीमा हात हाल्थ्यो । जीऊलाई सकेसम्म अह्ररो वनाउंथ्यो । अनियन्त्रित हुंदै गएको मन र अंगलाई नियन्त्रण गर्न खोज्थ्यो ।
जता फर्किए पनि दृश्य काउकुति वढाउने खालका । वालुवामा लडीवुडी गरिरहेका विदेशी युवायुवती । प्रेमिकाको शरिरमा वालुवा दलिदिने वहानामा पुरै अंगप्रत्यंगमा हात डुलाइरहेका । प्रेमिकालाई काखमा राखेर ओठमा ओठ जोडेर निस्फिक्री चुम्वन वर्साइरहेका । कतिपय युवतीहरु त मोनोकिनीमा थिए ।
सी वीचमा आउने सवैले वाक्सिड गरेर आउंदा रहेछन्, विवेकले विदेशी युवतीहरुको शरिर निहालेर हेरेपछि मनमनै भन्यो । अधिकांस विदेशी केटीहरुको शरिरमा ट्यान लाइन थिए । दीक्षाको शरिर निहाल्यो । कुनै ट्यान लाइन थिएन ।
श्रीलंकाकोे समुद्री किनारमा रहेको नेगोम्वोमा शहरमा थिए उनीहरु । एक सेमिनारमा सहभागी हुन । घर छाडेदेखि नै विवेकका अधिकांस कर्मचारी साथीहरु विवाहेत्तर सम्वन्धमा रमाउंदै थिए । तर उनीहरु एकापसमा कुरा गर्दा भने आफुहरुलाई पानी माथिको ओभानो देखाउन विवेक र दीक्षाको नै कुरा काट्थे ।
विवेकलाई थाहा छ, अफिसका कर्मचारी उसको कुरा काट्छन् । उसलाई वाल मतलव छैन । यिनीहरुका कुरा मनमा विझेर रुने मेरी पत्नी त छैन, मलाइ के मतलव ? विवेक यस्तै सोच्थ्यो ।
यस्तो समय पनि थियो । विवेक पनि अरुले कुरा काट्छन् कि भनेर सचेत हुन्थ्यो । ऊ आफ्नो कारणले पत्नीले कतै शीर निहुराउन नपरोस् भन्ने ठान्थ्यो । तर पत्नीको निधनपछि ऊ समाजसंग डराउन छाड्यो । कसैले कुरा काट्लान भनेर चिन्ता पनि गर्दैन ।
कार्यालयमा धेरै पुरुषहरु विवेकको डाहा गर्छन । कारण एउटै छ, ऊ हरेक महिला कर्मचारीहरुको आंखाको नानीझैं प्यारो छ । विवेकले वास्ता गरुन्जेल महिला सहकर्मीहरु अरुको नजिक पनि पर्दैनन् । विवेकसंग महिला सहकर्मीहरु किन नजिकिन्छन्, पुरुष सहकर्मीहरुलाई थाहा हुने कुरा भएन । महिला सहकर्मीहरुले वताउने कुरा भएन ।
विवेकसंग महिला सहकर्मीहरु नजिकिनुको एउटै कारण थियो ।
केयरिड पर्सनालिटी ।
विवेक जो संग नजिकिन चाहन्थ्यो, ती महिलाहरुको स्वभाव र रुचि वारेमा अध्ययन गथ्र्यो । विवाहितहरुसंग घरपरिवारका कुरा सोध्थ्यो । अविवाहितहरुसंग करियरका कुरा गथ्र्यो । जीवनोपयोगी सल्लाह सुझाव दिन्थ्यो । मिलेसम्म महिला मित्रहरु घर पुगे नपुगेको जानकारी लिन्थ्यो । परिआएका समस्याहरुको समाधान गरिदिन्थ्यो । शुभप्रभात र शुभरात्रीको लागि कामना गर्दै सन्देश पठाउन विर्सदैन थियो ।
ऊ महिला मित्रहरुको जीवनमा यति विस्तारै प्रवेश गथ्र्यो कि आफ्नो अभिन्न अंग जस्तो वनिसकेपछि मात्रै महसुस गर्थे । विवेकले आफ्नी पत्नीको निधन भएपछि कसैसंग विवाह सोचेन । केही महिला सहकर्मीहरुले म मेरो पतिलाई डिभोर्स दिएर तपाइसंग विवाह गर्छु समेत भनेका थिए तर अस्वीकार गर्यो ।
मसंग रमाइलो गर्नुहोस्, तर मलाई नवांध्नुहोस्, विवेक सम्झाउंथ्यो । कुनैपनि महिलालाई पति वा परिवारसंग झगडा वनाएर आफुप्रति आकर्षित गर्न चाहँदैनथ्यो ।
तपाइ जहाँ हुनुहुन्छ, मलाइ त्यही समाहित गर्नुहोस्, मेरा लागि छुटै स्थान नवनाउनुहोस्, ऊ महिलाहरुलाई भन्ने गथ्र्यो । पत्नीको निधनपछि उसको जीवनमा महिलाहरु आए र गए । थुप्रै अविवाहित युवतीहरुपनि । आफ्नो सम्वन्धमा आएका युवतीहरुलाई एउटा अभिभावकलेझैं विवाह गरेर विदाइ गथ्र्यो ।
केही युवतीहरु विवाहको अघिल्लो रात पनि विवेकको छातीमा टांसिएर रोइरहेका हुन्थे ।
तपाइलाई छाडेर विवाह गर्दिन, यसै भन्थे ।
म त एउटा टान्जिटसम्म पुग्ने साधन मात्रै हुं, तिम्रो उडान धेरै टाढा सम्म हुनुपर्छ, विवेकले शान्त भएर सम्झाउँथ्यो ।
ऊ आफूलाई छोटो दुरीमा चल्ने सवारी साधनसंग तुलना गथ्र्यो । कहिलाकांही कांकडभिटा जाने वस पाइएन भने हामी नारायणगढसम्म एउटामा जान्छौ र त्यहांवाट अर्को वस लिने गर्छौ, हो म भनेको नारायणगढसम्म मात्रै चल्ने वस हुं, तिमीहरुको गन्तव्य कांकडभिटा हो, ऊ सजिलो भाषामा सम्झाउँथ्यो ।
दीक्षा कार्यालयमा आएदेखि भने विवेकको मन उल्टो वग्न थालेको थियो । यसको एउटै कारण थियो, विवेककी छोरी स्मिता दिनदिनै हुर्कदै थिइ ।
अव छोरी हुर्किएपछि विवाह गरेर जान्छे, अनि त म घरमा एक्लो हुन्छु, विवेक मनमनै सम्झन्थ्यो, घरमा एक्लो त कसरी वाँच्न सकिएला र ?
विवेक दुविधामा थियो । भर्खर टिनएज पार गरेकी दीक्षालाई आफ्नी वनाएर उसको जीवन वर्वाद गरिदिनु हुन्न भन्ने एकातिर लाग्थ्यो भने अर्केतिर दीक्षाभन्दा उत्तम विकल्प पनि ऊसंग थिएन । पछिल्लो समयमा विवेकको लागि दीक्षा सवैभन्दा नजिक थिइ तर दीक्षाले उसलाई कति नजिक ठानेकी छे, परीक्षण गरेको थिएन ।
सी वीचवाट फर्किएपछि दीक्षा आफ्नो कोठातर्फ लागी । विवेक कोठामा गएर वेडमा पल्टियो । दीक्षाको वारेमा सोचिरह्यो ।
एकमन त दीक्षालाई कोठामा वोलाऊ जस्तो पनि पनि भएको हो । तर कल गरिहाल्न पनि सकेन । इन्ष्टा लग इन गर्यो । दीक्षाले फोटो पोष्ट गरिसकिछे । कसैले आफूलाई हेरिरहेको छैन भन्ने आश्वस्त हुन यताउति हेर्यो । कोही छैन भन्ने भएपछि फोटोलाई जुम गरिगरि हेर्यो । शरिरमा काउकुतिको अनुभव भयो । उसलाई आफैंलाई नियन्त्रण गर्न गाह्रो भएजस्तो भयो । मोवाइल वोकेर वाथरुमतर्फ दौडियो । कमोटमा वस्यो । देव्रे हातले मोवाइल जुम गर्दै फोटो हेर्यो, दाहिने हात विस्तारै सल्वलाउन थाल्यो ।
त्यहीवेला कोठाको रिडवेल वज्यो । वेललाई वेवास्ता गर्यो । ऊ रोकिन सक्ने अवस्थामा थिएन । जव ऊ शान्त भयो, दीक्षाको टेक्स्ट आयो । लेखिएको थियो, कोठामा आएकी थिए, ढोका उघार्नुभएन, शायद निदाउनु भयो होला, त्यसैले फर्किए ।
आफैलाई धिक्कार्यो । हतारिएर वाथरुममा पसेकोमा पछुतायो ।
अव वोलाउनुको कुनै अर्थ थिएन । तत्कालै सक्रिय हुन सक्दिन कि भन्ने शंका जो मनमा थियो ।
यो सेमिनारको अन्तिम दिन थियो । राती अवेरसम्म रिसेप्सन चल्यो । सवैजना रिसेप्नसमा व्यस्त भएको वेला विवेकले वाकिडमा जान प्रस्ताव गर्यो । समुद्री किनारमा केवल छालको मात्रै आवाज थियो । नरिवलका रुखको छांयाले सी वीचमा अमुर्त चित्रहरु वनेका थिए ।
वीचमा हिंडिरहेको वेला विवेकले विस्तारै दीक्षाको हात समात्यो । सहज ढंगले उनीहरु अलि परसम्म गए । कुनै असजिलो त भएको छैनन नि ? विवेकले मन चोर्न खोज्यो ।
मलाई त छैन, तपाइ मेरो लागि भरपर्दो अभिभावक हो, दीक्षाले सहजै भनी ।
अभिभावक शव्द कताकता विवेकलाई विझायो । तर केही भन्न सकेन । नराम्रो सोच्ने हो कि भनेर आफैलाई अलि सम्हाल्यो । वरु दीक्षाले नै विवेकको हात समाइरही । तिम्रो र मेरो वारेमा कर्मचारी साथीहरुले कुरा काट्छन् भन्ने तिमीलाई नोटिस भएको छ ?, फर्किएर होटल आइपुग्ने वेलामा फेरी विवेकले सोध्यो ।
मेरो जीन्दगी, मेरो निर्णय, विवेकको नजरमा नजर मिलाएर दीक्षाले भनी, अरुको म किन चासो गरौ, म कति अलग पात्र छु भन्ने विस्तारै वुझ्दै जानुहुन्छ । दीक्षाको वारेमा सोचेर नै विवेकको रात काट्यो ।
ग्रीन लाइट वलीसकेको अवस्था हो, मैले नै सावधानीसाथ स्पीड वढाउनुपर्छ, उसले निश्कर्ष निकाल्यो ।
नेपाल फर्किएपछि दीक्षालाई कसरी घरसम्म वोलाउने र प्रभावित वनाउने भन्ने वारेमा सोच्यो । केही महिनामा नै राम्रो मौका मिल्यो । छोरी स्मिताको १८ औं जन्मदिन । मनमा त दीक्षालाई मात्रै जन्मदिनको पार्टीमा वोलाउन मन थियो । तर सहजताका लागि सवै कर्मचारीलाई वोलायो ।
विशाल वंगाला र आकर्षक सजावट । भव्य पार्टी । कर्मचारीहरु त चकित वने । दीक्षा प्रभावित भइ । विवेकले दीक्षालाई निकै महत्व दिएर छोरीसंग चिनजान गरायो ।
योजना सफल भयो ।
पहिलो भेटवाट नै दीक्षा र स्मिता निकट साथी वने । विवेकको खुसीको सीमा रहेन । दीक्षालाई विवेकको घरसम्म आऊजाऊ गर्ने वाटो खुल्यो । धेरै पटक दीक्षालाई वेहुली वनाएर घरमा भित्र्याएको सपना पनि देख्यो ।
तर यो तत्कालै सम्भव थिएन ।
विवेक आफ्नो लागि जीवन साथी त चाहन्थ्यो तर छोरीका लागि सौतेनी आमा चाहदैनथ्यो । मनभरी दुविधा भरिएको थियो । स्मिताले विदेशमा पढ्न जान्छु भनेर पटक पटक जिद्धी गरेकी थिइ । सधै रोक्ने गथ्र्यो । भन्थ्यो, तिमी गएपछि म एक्लै हुन्छु । मेरो आंखाभन्दा टाढा नजाऊ ।
वुवाको चित्त दुखाएर ऊ पनि विदेश उड्न चाहिन ।
तर कहिलेकांही यो विषय दोहोरिन्थ्यो । भन्थी, मलाई विदेश जान दिनु न । म सानी हुन्जेल सौतेनी आमा भित्र्याउनु भएन, अव त ठुली भइसके । तपाइलाई पनि कोही न कोही जीवनसाथी चाहिन्छ भनेर आफै वुझ्ने भएकी छु ।
विवेकले निश्चय नै गरेको थियो, छोरी यही घरमा रहुन्जेल चांहि उसकी सौतेनी आमा भित्र्याउदिन । विवेकका लागि आफ्नो भन्दा पनि छोरीको खुसी महत्वपूर्ण थियो । वावा, मैले अमेरिकाको एउटा राम्रो युनिभर्सिटीमा फुल स्कलरसिप पाएकी छु, तपाइले अनुमति दिनुहुन्छ भने जान चाहन्छु, एक सांझ स्मिताले भनी ।
विवेकले छोरीको अनुहार हेर्यो । निकै उत्साही थिइ ।
त्यो सांझमा दीक्षा पनि विवेकको घरमा थिइ । विवेकले दीक्षाको मन पढ्न अनुहार हेर्यो । हाउभाऊवाट वुझ्यो, दीक्षा पनि स्मितालाई पठाइदिऊ भन्ने पक्षमा नै थिइ । तिम्रो खुसी यसमा नै छ भने म पनि खुसी नै हुन्छु, विवेकले निर्णय सुनायो ।
स्मिताले खुसीले गम्लंग वुवालाई अंगालो हालेर माया गरी । वुवाको अंगालोवाट छुटिएर दीक्षालाई अंगालो हाली । केही सम्झिए झैं दौडिइ आफ्नो कोठातर्फ ।
लिभिड रुममा विवेक र दीक्षा मात्रै वांकी रहे ।
छोरी पनि अमेरिका गएपछि म एक्लो हुने भए, विवेकले दीक्षालाई इमोशनल व्लाकमेलिड गर्यो । दीक्षा विवेकको छेऊमा रहेको काऊचमा सरी । विवेकलाई विस्तारै सुम्सुम्याइ । आंखामा आंखा मिलाइ ।
सर, तपाइ स्वीकार गर्नुहुन्छ भने म तपाइको परिवारको सदस्य हुन चाहन्छु, दीक्षाले थोरै लजाएर भनी । आफ्नो मनको कुरा दीक्षाको मुखवाट सुन्दा विवेक खुसीले गद्गद् भयो ।
ह्वाइ नट, स्योर ।
दीक्षाले विवेकलाई गम्लंग अंगालो हाली । निधारमा माया गरी । विवेक वोल्न पनि नपाउंदै दौडिइ स्मिताको कोठातर्फ । भोलिपल्टै विवेकको वैंककको फ्लाइट थियो । तीन हप्ते कार्यक्रमको लागि । म्यासेन्जर र भाइवरमा विवेकले स्मिता र दीक्षासंग कुरा गरिरह्यो । स्मिताले आफ्नो प्रोसेसको वारेमा अपडेट गराइरही ।
स्मितालाई सहयोग गर है, विवेकले दीक्षालाई कुराकानीको क्रममा भन्थ्यो । तपाइको परिवारको सदस्य हुन गइरहेको छु, जीवनभर ख्याल गर्छु । दीक्षाको जवाफ सुन्दा विवेकको खुसीको सीमा हुंदैनथ्यो ।
छोरी, तैंले सौतेनी आमा होइन, एउटा साथी पाउँदैछेस्, मनमनै विवेक भन्थ्यो । विवेक विदेशवाट फर्कदा स्मिताको अमेरिका जाने दिन नजिक आइसकेको थियो । तयारी लगभग पुरा भएको थियो ।
स्मिता जाने अघिल्लो दिन विवेकले नातेदारहरुलाई भव्य पार्टी दियो । नातेदारहरुवीचमा नाता नपर्ने एउटै दीक्षा थिइ । तर विवेकका लागि सवैभन्दा नजिककी नातेदार वन्दै थिइ । सवै नातेदारहरु पार्टीमा मस्त भइरहेको मौकामा विवेक दीक्षाको नजिक गयो ।
भोलीवाट यो घर सुनसान हुन्छ, विवेकले अत्यन्त शिष्टतापूर्वक भन्यो, म तिमीलाई भोलीवाटै मेरो परिवारमा आमन्त्रण गर्न चाहन्छु । दुवैले एकआपसमा अनुहार हेरेँ । विवेकको अनुहारमा एकपकारको याचना थियो ।
धन्यवाद सर, म तपाइवाट यही अपेक्षा गरिरहेकी थिए, यति भनेर ऊ स्मितालाई सहयोग गर्न दौडिइ । भोलिपल्ट । उज्यालो पनि राम्ररी भएको थिएन ।
विवेकले दीक्षालाई फोन गर्यो । स्वीच अफ थियो ।
केही साथीहरुलाई सोधेर अपार्टमेन्ट त पत्ता लगायो । तर ताला लगाएको थियो । स्मितालाई केही भनेकी छे कि भनेर सोध्यो । स्मिताले खास चासो दिइन । शायद केही काम परेर कतै गइहोली, तपाइलाई त्यति धेरै किन चिन्ता वावा ?
स्मिताले उल्टै प्रश्न गरी ।
ऊ विना एकपल पनि वांच्न गाह्रो हुन थाल्यो, विवेकको मनले यसै भन्यो । तिमीलाई तयार हुन सहयोग गर्थी भनेर मात्रै, ऊसले औपचारिक जवाफ दियो ।
स्मिता जाने समय हुन्जेलसम्म पनि दीक्षाले फोन अन गरिन । अत्तोपत्तो भएन । भारी मनले छोरीलाई विदाइ गर्यो ।
आजवाट दीक्षाले मेरो घरमा आउँछु भनेर वाचा गरेकी थिइ, कहाँ गइहोला ?, मनमनै प्रश्न गर्यो । जवाफ थिएन । घर फर्कन गाडी चढ्दै गर्दा मोवाइलमा म्यासेज आयो ।
दीक्षाको थियो ।
सर, मैले मेरो वाचा पुरा गरे, म तपाइको परिवारमा आए । विवेक खुसीले पागल भयो ।
घरमा छौ ?
हतार हतार
प्रश्न सोध्यो ।
एयरपोर्टमा
खोइत ? म त नभेटेर फर्किन लागे ।
प्लेनमा छु सर, अव फ्लाइट हुन लाग्यो ।
काठमाडौ वाहिर गएकी थियौ ?
होइन, काठमाडौ छाडेर जांदैछु ।
तिमी के भन्दैछौ ? मैले केही वुझिन ।
टेक्स्ट डेलिभर भएन । विवेकले कल गर्न खोज्यो । तर कल लागेन ।
सर, मैले तपाइलाई भनेकी थिए त । म अलग पात्र हुँ, दीक्षाको टेक्स्ट फेरी आयो, मैले तपाइको परिवारको सदस्य हुन आउँछु भनेकी थिए, आए । मैले तपाइकी छोरी स्मितालाई सदाका लागि आफ्नो वनाए । हामी एकसाथ बाँच्न अमेरिका जाँदैछौं । म्यासेजमा दीक्षा र स्मिता विमानमा संगै वसेको तस्विर डेलिभर भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *