मुख्यमन्त्री आज चीन जाँदै

गौतमबुद्ध सन्देश
बुटवल, १६ असार ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल आज (सोमवार) चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लागेका हुन् ।

मुख्यमन्त्री पोखरेलको साथमा नेकपा संसदीय दलका सचेतक पार्वती थापा, प्रदेशसभा सदस्य हरि रिजाल, नगरप्रमुख नरुलाल चौधरी र धननारायण श्रेष्ठ, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी र किरण गौतम भ्रमणमा सहभागी हुँदैछन् ।गत जेठ २० गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री पोखरेलको भ्रमण स्वीकृत गरेको थियो । टोली असार २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

मुख्यमन्त्री पोखरेलले चीन भ्रमणका क्रममा गरिबी निवारण तथा विकास सम्बन्धि कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणबाट नेपाल र चीनका सहरहरुबीच भगिनी सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *