लुम्बिनीमा स्वास्थ्य शिविर

गौतमबुद्ध सन्देश
लुम्बिनी, १२ पुस । बुद्ध जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा प्रख्यात भए पनि भरपर्दो स्वास्थ्य संस्था वरिपरी ग्रामीण जनता स्वास्थ्य उपचारबाट वञ्चित भएको मध्यनजर राखी क्रसफलो नेपाल लुम्बिनीको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त स्वास्थ्य शिविरमा नशा, वाथ, प्यारालाइसिस झण्डै दुई सय बिरामीहरुको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको क्रसफलो प्रशासक कृष्ण कुमार श्रीवास्तवले जानकारी गराए ।

हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा.आलोक पाण्डेको नेतृत्वमा ११ जना स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको स्वास्थ्य जाँचमा बिशेष योगदान पु¥याएको थियो । आगामी बिहीवार निःशुल्क दन्तशिविरको आयोजना गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *