मलेसियामा काम गर्ने ठाउँमा लडेर एक नेपालीको मृत्यु

क्वालालम्पुर,असोज १२ ।

मलेसियामा एक नेपालीको काम गर्ने ठाउँमा लडेर मृत्यु भएको छ । रामधुनी नगरपालिका वडा न ४ झुम्का सुनसरी घर भएका धुव्र नारायण चौधरीको काम गर्दागर्दै घरको माथि तलाबाट खसेर मृत्यु भएको हो ।

चौधरीलाई तत्कालै अस्पताल लगिएको भएपनि उपचार गर्दा गर्दै मृत्यु भएको उनका साथी सरोज चौधरीले जानकारी गराए । चौधरी साढे तीन वर्षदेखि इम्वुस इण्डष्ट्रिजमा मुहारमा कार्यरत थिए ।

चौधरीको शवलाई बिहीबार दिउँसो मात्रै नेपाल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *